१५ बैशाख २०७८, बुधबार १६:०१

‘काभ्रेको पनौतीमा बिहे भोजमा सहभागी १५ जनामा कोरोना संक्रमण’


धुलिखेल । काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिकामा बिहे भोजमा सहभागी १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
केही दिनअघि भएको बिहे भोजमा सहभागी एकजनामा संक्रमण पुष्टि भएपछि छरछिमेकीहरुको पनि परीक्षण गरिएको थियो । त्यसक्रममा १५ जनामा संक्रमण पुष्टि भएको बताइएको छ ।
दुईजना जनप्रतिनिधिसमेतलाई संक्रमण भएपछि दुई दिनलाई वडा नं. १० को सेवा प्रवाह पनि बन्द गरिएको पनौती नगरपालिकाले मिडिया क्लब नेपाललाई बताएको छ ।
नगरमा थप चारजनालाई पनि संक्रमण देखिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय, काभ्रेपलाञ्चोकका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार जिल्लामा बुधबार ५० जनामा कोरोना संक्रमण देखिएको छ । उनीहरु काभ्रे, पनौती र धुलिखेलका रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि