१५ बैशाख २०७८, बुधबार १७:०२

बागमती प्रदेशमा तीन मन्त्री, एक राज्यमन्त्री नियुक्त


हेटौंडा । बागमती प्रदेशमा मन्त्री परिषद् पुर्नगठन भएको छ । मन्त्री नियुक्त भई सपथ ग्रहण गर्नेमा आन्तरिक मामिला तथा कानूनमन्त्रीमा नुवाकोटका केशवराज पाण्डे, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा सिन्धुपाल्चोकका सरेश नेपाल र सामाजिक विकास मन्त्रीमा दोलखाकी सरस्वती बस्नेत रहेका छन् । यस्तै, सामाजिक विकास राज्यमन्त्रीमा धादिङका डा.रामकुमार अधिकारीलाई मुख्यमन्त्री पौडेलले सपथ ग्रहण गराएका छन् ।
मुख्यमन्त्री विरुद्घ अविश्वासको प्रस्ताव राख्नु अघि सरकारमा रहेका आन्तरिक मामिला मन्त्री शालिकराम जमकट्टेल, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपाल र सामाजिक विकास मन्त्री युवराज दुलालले राजीनामा दिएका थिए ।
मन्त्री बन्ने चर्चामा रहेका काभ्रेका चन्द्र लामा र राज्यमन्त्रीमा चर्चा पाएकी मकवानपुरकी जुनेली श्रेष्ठको नाम भने चर्चामै सिमित भएको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि