१५ बैशाख २०७८, बुधबार १७:३८

१२ जिल्लामा ५ सय भन्दा धेरै संक्रमित


काठमाडौं । नेपाल पछिल्लो समय कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या तीव्र रुपमा बढेको छ । नेपालमा अहिले कुल ३०,२०९ जनाको सक्रिय संक्रमण रहेको छ।
पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित रहेका जिल्लाहरू १२ वटा रहेका छन् । जसमा मोरङ, पर्सा, काठमाण्डौं, भक्तपुर, ललितपुर, चितवन, कास्की, दाङ, बाँके, रूपन्देही, सुर्खेत र कैलाली रहेका छन् ।
थप १० जिल्लामा २०० भन्दा बढी सक्रिय सङ्क्रमितहरू रहेका छन् ।
बुधबार मात्रै पुष्टि भएका सङ्क्रमितमध्ये काठमाण्डौंका १,४६४ जना, ललितपुरका ३५१ जना र भक्तपुरका २३२ जना गरी उपत्यकामा कुल २,०४७ जना छन् ।
रुपन्देहीमा ४३४ र बाँकेमा ३२८ जना संक्रमित थपिएका हुन् ।
थपिएका सङ्क्रमितमध्ये १२३ जना भारतबाट नेपाल प्रवेश गर्ने क्रममा नाकामा गरिएको परीक्षणमा भेटिएका हुन् ।
मङ्गलवार पुष्टि भएका सङ्क्रमितमध्ये ९९ जना नौ वर्षसम्मका, ३१७ जना १० देखि १९ वर्षका २,३८१ जना २० देखि ३९ वर्षका रहेको मन्त्रालयको तथ्याङ्कले देखाउँछ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि