१६ बैशाख २०७८, बिहीबार १२:०२

‘कोरोना महामारी भयावह भएपछि विभिन्न जिल्लामा निषेधाज्ञा’


काठमाडौं । चेन ब्रेक गर्न अर्थात् कोरोनाभाइरस सङ्क्रमणको फैलावट रोक्न भन्दै काठमाण्डू उपत्यकाका तीनसहित विभिन्न जिल्लाले जारी गरेको निषेधाज्ञा आज बिहीवार बिहानबाट लागु भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कअनुसार बुधवारसम्म नेपालमा १२ वटा जिल्लामा पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् भने थप १० जिल्ला दुई सयभन्दा बढी सङ्क्रमित छन् ।
पछिल्लो पटक काठमाण्डू, ललितपुर, भक्तपुर र पर्सा जिल्ला प्रशासन कार्यालयहरूले वैशाख १६ गते बिहानबाट वैशाख २२ गते राति १२ बजेसम्म कायम रहनेगरी निषेधाज्ञा जारी गरेका हुन् ।
बाँके जिल्ला प्रशासनले वैशाख १२ गतेदेखि र कास्की जिल्ला प्रशासनले वैशाख १५ गतेबाट जिल्लाभरि निषेधाज्ञा लागु गरिसकेका छन् ।
नेपाल प्रहरीका अनुसार हाल १० जिल्लामा पूणर् र तीन जिल्लामा आंशिक निषेधाज्ञा लागु भएको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि