२४ बैशाख २०७८, शुक्रबार १६:३०

‘कोरोना संक्रमित बढेसँगै अक्सिजन सिलिन्डर लिन उद्योगमै लाइन’


काठमाडौं । नेपालमा कोरोना भाइरसको दोस्रो लहरमा संक्रमण दर अप्रत्याशित रुपमा बढिरहेको छ । कोरोना भाइरस संक्रमणको गम्भीर विरामी बढेसँगै पछिल्लो समय अक्सिजन सिलिन्डरको माग निकै बढेको छ ।
अस्पतालमा उपचाररत धेरै बिरामीलाई अक्सिजन सपोर्टमा उपचार गर्नुपरेको छ भने होम आइसोलेसनमा बसेका पनि कतिपयले घरमै अक्सिजन व्यवस्था गरेका छन् ।
कतिपयले भविष्यमा बिरामी पर्दा अक्सिजन अभाव हुने डरले पनि अक्सिजन सिलिन्डर राख्ने गरेको पनि पाइएको छ ।

त्यसैले पछिल्लो समयमा अक्सिजन उद्योगमै गएर सिलिन्डर खरिद गर्नेमा र खाली सिलिन्डर भर्नेमा अस्पताल मात्र नभई सर्वसाधारण पनि थपिएका छन् ।
उद्योगमा खाली अक्सिजन सिलिन्डर लिएर ग्यास भर्नेको गाडिको लाइन बाक्लै देखिन्छ । त्यस्तै मोटरसाइकल र पैदल हिँडेर आएका सर्वसाधारण पनि हातमा अक्सिजन सिलिन्डर बोकेर हिँडिरहेका पनि छन् ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि