२६ बैशाख २०७८, आईतवार १९:४०

‘सामूहिक राजीनामा नगर्न नेपाल पक्षलाई ओलीको बिन्तीपत्र’


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना दलका संसदलाई सामूहिक राजीनामा नदिन आग्रह गरेका छन् । ओलीले सामुहिक राजिनामा नदिन र यसमा सहभागी नहुन आग्रह गरेका हुन् ।
ओलीले आज एक विज्ञप्ती निकालेर ओलीले ‘फ्लोर क्रस गर्ने, अविश्वास प्रस्ताव राख्ने, सामूहिक राजीनामा गर्ने कार्यलाई ‘हानिकारक प्रयास’ नगर्न भनेका छन् ।
भोलि सोमबार प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिँदै छन् । जसका लागि संसदमा विशेष अधिवेशन बोलाइएको छ । आजै माधव नेपाल राजीनामाको तयारी गर्दै संसद सचिवालय पुगेका थिए । तर ओली पक्षका महासचिव विष्णु पौडेल नेता सुवास नेम्बाङ नेपालको राजीनामा रोक्न संसद सचिवालय पुगेका थिए ।
यी दुई नेतासँगको भेटपछि माधव नेपाल समूहको राजीनामा पनि आज रोकिएको छ । ओलीले आफ्नो कदम नसच्याए नेपाल समूहले आज सामूहिक राजीनामा गर्ने निणर्य गरेको थियो । तर, संसद् सचिवालयमा माधव समूहको सांसद् उपस्थित हुन थालेपछि ओलीले आफू पक्षका दुई नेतालाई पठाएका थिए ।
दुवै पक्षले आ-आफ्नो कुरा राखेको भए पनि कुरा मिल्न सकेको छैन । नेता नेपाललाई भेटेर फर्केपछि नेता पौडेलले राजीनामाबारे विचार गर्ने आश्वासन दिएका बताए ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि