१४ बैशाख २०७५, शुक्रबार ०९:२५

कांग्रेस हारमा विश्वप्रकाशको भावुक, मार्मिक र दुःख मिश्रित रोडम्याप : जसले कांग्रेसीलाई भावुक बनाउँछ


काठमाडौं । वैशाख

कांग्रेस केन्द्रीय सदस्य विश्वप्रकाश शर्मा यतिखेर पार्टीको प्रवक्ता हुन् । तर, उनी आफ्ना मनमा लागेका कुरा खुलस्त पार्ने नेताका रुपमा परिचित छिन् । नेपाली कांग्रेसको ९ चैतदेखि जारी चुनावी समीक्षा बैठकमा उनले गत बुधबार राखेको लिखित प्रस्ताव एकदमै धेरै रुचाइएको छ । पार्टीको संस्थापनको प्रवक्ता भए पनि उनले निर्वाचन हार्नुका कारणलाई भावनात्मक र मार्मिक ढंगले लिखित प्रस्तावमा उल्लेख गरेका छन् । उनको मार्मिक यो प्रस्तावले सायद जोसुकै कांग्रेसलाई भावुक बनाउँछ ।

केन्द्रीय समितिको वैठकमा ‘कांग्रेस रुपान्तरणको एजेण्डा र आधुनिकीकरणको रोडम्याप’ शीर्षकमा हारका कारणबारे उनी भावनात्मक रुपमा पोखिएका छन् । ‘ नेपाली इतिहासका आनेक समयलाई आफू आनुकूल बदल्ने सामथ्र्य राखेको नेपाली कांग्रेस यतिबेला आफैलाई समयानुकूल बदल्ने चुनौति र संकल्पको चरणमा छ’ उनी भन्छन्, ‘हाम्रो साझा चिन्ता छ– रुपान्तरण भएर पूरानो कांग्रेस भित्रैबाट नवीन कांग्रेस निर्माण कसरी गर्ने ? गत निर्वाचनमा पराजय पश्चात यो विषय कांग्रेसको मूल बाटो बन्न पुगेको छ ।’

इतिहासका आनेक मोडमा कहिले संघर्ष, कहिले सत्ता कहिले जय आनि कहिले पराजय भोग्दै आएको यो पार्टी आजको चुनौतीपूर्ण समयखण्डलाई एकतावद्ध भएर सामना गर्न समर्थ हुनैपर्छ र हुनेछ भन्दै उनी भन्छन्, ‘कांग्रेसका आम शुभचिन्तकहरुको आग्रह र दवाब छ– पराजयको यो घडी ६ दशक उमेर नाघेको कांग्रेसलाई एक आधुनिक राजनीतिक दलका रुपमा विकसित गर्न यात्रारम्भ गर्ने ऐतिहासिक आवसर पनि बन्नुपर्छ ।’

नेपाली कांग्रेस पराजयमा शर्माका भावना मिश्रित ६ आन्तरिक कारण यस्ता छन्

१. मुर्झाएको आत्मीयता ः आफ्नैलाई खुइल्याउन थालेपछि कांग्रेसको रंगिन घर बनेन

पंचायतकालमा नेपाल विद्यार्थी संघको मेची क्याम्पस इकाई झापाको आध्यक्ष रहेको त्यो समय सम्झन्छु– माटोको भर ढुंगा, ढुंगाको भर माटो जस्तै कति आत्मीयता थियो साथी र साथीहरुबीच । तर, ०४६ को परिवर्तनपछि जब हामी शासनसत्तामा गयौं तब त्यागको भावना प्राप्तिको जुनुनमा बदलियो । आन्तरिक प्रतिस्पर्धालाई सिष्टम र संस्कारको सौन्दर्यसाथ विकसित गर्न सकिएन । परिणाममा आत्मीयता मुर्झायो आनि दृष्यमा प्रकट भयो गणेशमानजीको प्रशंसा गर्दै गिरिजाबाबुको आलोचना र गिरिजाबाबुको समर्थन गर्दै किशुनजीको निन्दा गर्ने आपसंस्कृति । आफ्नाले नै आफ्नालाई खुईल्याउन सुरु गरेपछि कांग्रेसको घर रंगिन बनिरहन सम्भव थिएन । यसरी सुरु भयो सगरमाथाको उचाईबाट ओरालो झर्ने हाम्रो यात्रा । मुर्झाएको आत्मीयताले आन्तर्घातको आण्डा कोरल्यो र त्यसको वंश विस्तार हुँदै गयो । आज हाम्रो भागमा परेको पराजय नामको महाकाव्यका प्रारम्भिक शब्द र आनुच्छेदहरु नियतिले उसबेलै कोर्न सुरु गरिसकेको थियो ।

२. छवीमा क्षतिः तब मतदाताको मन र मत जित्न सकिएन

‘मास’मा आधारित राजनीतिक दलको चुनावी विजयको पहिलो आधार नै उसको छवी हुन्छ । राम्रो छवी बनाउन राम्रा काम गरेर मात्र पुग्दैन, त्यसको प्रचार आम नागरिकको ह्रदयलाई छुने ढंगले गरिनै पर्छ । छवी नराम्रो बन्न भने एउटा आप्रिय काम गरे पुग्छ, त्यसको प्रचार आरुले निशुल्क गरिदिन्छन् । हाम्रो तीनवटा कमजोरी रह्यो छवी उच्च बनाउन नसकेको सन्दर्भमा–
क० कांग्रेस र कांग्रेस नेतृत्वको सरकारले गरेका राम्रो कामलाई ‘ब्राण्डिङ’ गर्दै आघि बढ्ने चुस्त रणनीति शायद हामीले आवश्यक नै ठानेनौं । त्यो गर्न सकेको भए शान्ति, संविधान आनि प्रतिकूल राजनीतिक परिस्थितिका बीच पनि मुलुकले हासिल गरेको केही समृद्धिको वाहक कांग्रेस नै हो भनेर उज्यालो छवी स्थापित गर्न सकिन्थ्यो र त्यो छवीले मतदाताको मन र मत जित्न हामीलाई सघाउ पुग्थ्यो ।

ख० सरकारमा रहेर गरिएका कतिपय निर्णय तत्कालीन जनमतको प्रतिकूल हुदैछ र हाम्रो छवीलाई गहिरो आसर पु(याउदैछ भन्ने हेक्का नराख्नु हाम्रो सामान्य कमजोरी थिएन । इतिहासको गौरव भन्दा तत्कालीन मुद्दाहरुको रौनक निर्वाचनमा निर्णायक हुन्छ भन्ने तथ्यलाई आत्मसात गर्न नसक्दा त्यसको लाभ हाम्रो विपक्षी गठवन्धनलाई पुग्यो ।

ग० पार्टी र पार्टी नेतृत्वको छवी विष्लेशण, परिकल्पना, निर्माण र परिमार्जन गर्न छरितो टिम निर्माण गर्नुपर्ने आवश्यकता हामीले कहिल्यै महशुस गरेनौं । पछिल्लो समय विश्वमा प्रयोगमा आइरहेको ‘वार रुम’ को आवधारणा चुनावी परिणाम पक्षमा ल्याउन कारगर सावित हुँदै गएको छ । तर, हामी भने परम्परागत चुनावी शैलीमै आल्मलियौं । फलतः वाम गठवन्धनको आक्रामकतालाई निस्तेज तुल्याउन सकिएन ।

 

३. महत्वपूर्ण मुद्दाहरुको बहिर्गमन ः हाम्रो डिपार्टमेन्टल स्टोर खाली हुँदै गयो, आरुको किराना पसल भरिदै गयो

नेपालमा समावेसी आपनत्वको प्रारम्भ जननेता वीपी कोइरालाले गर्नुभएको थियो । पार्टी महामन्त्री पदमा दलित सहयोद्धाको चयन होस् या आफ्नो मन्त्रीमण्डलमा लिम्बू, राई, नेवार, मधेसी, थारु, थकाली, गुरुङ या महिलाको छनौट होस्ः– वीपीले सम्पादन गर्नुभएको त्यस्तो कर्म नेपालका सबै राजनीतिक दलले व्यवहारिक कार्यान्वयन गर्न मुलुकको संविधान र पार्टीहरुको विधानले निर्देशित गर्नुपर्यो । यसको चोट कांग्रेसले बढि झेल्यो किनकी समावेशीताको दृष्टिकोण, मुद्दा र आगुवाई हाम्रो हो, आदीवासी जनजाति, मधेशी, दलित, महिला सवैको आत्म सम्मान, पहुँच, प्रतिनिधित्व र पहिचानको मुद्घा हाम्रो हो भनेर स्थापित गर्न हामी चुक्यौं, परिणाममा हाम्रो डिपार्टमेन्टल स्टोर खाली हुँदै गयो,

आरुको किराना पसल भरिदै गयो । आन्ततः हामी चुनाव हार्यौं ।

 

भुकम्पको गहिरो चोट व्यहोरि रहेको बेला हम्रो देशले भारतीय नाकावन्दीको प्रहार झेल्नु पर्यो । बाह्य दवावलाई आश्विकार गरेर हाम्रो नेतृत्वमा संविधान निर्माण गर्नुको परिणाम थियो त्यो नाकावन्दी । तर त्यसको प्रतिवाद खुलेर गर्नबाट हामी चुक्यौ परिणाममा आरूले महान राष्ट्रवादीका रूपमा आफुलाई स्थापित गर्न पाए र राष्ट्रवादको मुद्धामा हाम्रो सार्वजनिक पकड कमजोर बन्नुको परिणाम चुनावमा भोग्नु पर्यो ।

४. सम्प्रेषण क्षमतामा ह्रास ः अरुले हिमालमा फ्रिज बेचे, हामीले मधेसमा आइसक्रिम बेच्न सकेनौं

राजनीतिको मैदानमा कुनै पनि दलको सम्प्रेषणको क्षमतालाई प्रतिस्पर्धी दलको सम्प्रेषण क्षमतासँग दाँजेर आध्ययन र आवधारणा निर्माण गर्ने प्रचलन विश्वव्यापी छ । हामी यसमा कमजोर रह्यौं । भनाई नै छ– बोल्न सक्नेले हिमालमा फ्रिज बेच्छ नसक्नेले मधेशमा आईसक्रिम पनि बेच्न सक्दैन र हाम्रो सन्दर्भमा भयो त्यही । सम्प्रेषण सम्वद्ध आर्को पाटो हुन्छ– प्रतिस्पर्धीमाथि तथ्यपूर्ण र खरो प्रहार । केन्द्रीय तहबाट त्यसका लागि सिर्जना गरिनुपर्ने जुन तरंग हो त्यो हुन सकेन । परिणाममा हाम्रो ‘डिफेन्सिभ’ मनोविज्ञानलाई वाम गठवन्धनको ‘आफेन्सिभ’ रणनीतिले परास्त गर्ने कुरा आनौठो रहेन ।

५. ओझेलमा परेको भविष्य दृष्टि ः नागरिकको हृदय जब छुन सकिएन

बिपी कोइरालाले प्रधानमन्त्री छदा उदघोष गर्नु भएको थियो पन्ध्र वर्ष भित्रमा हरेक नेपालीलाई म आफ्नो जस्तै आर्थिक आवस्थाको वनाउछु । वीपीको त्यो आभिव्यक्ति शैलीले एकसाथ तीनकर्म गरेको थियो । एक, देशका सामु निश्चित सपनाको प्रस्तुति । दुई, त्यसलाई पुरागर्ने निश्चित समयको पूर्व घोषणा । तीन, नागरिकको हृदय छुनेगरि “आफू जस्तै वनाउने” भावनात्मक तरङ्गको सृजना । ०४६ को परिवर्तन पछि हाम्रो नेतृत्वमा मुलुकको समृृद्धिको दिशामा कयौ महत्वपूर्ण कार्य भए हिंसात्मक द्वन्द र आनेकन प्रतिकुलताका वीच । तर नागरिकको हृदय छुने तरङ्ग सृजना गर्न हामिले सकेनौं । वीपीको परिपक्व शैली हामीले पछ्याउन नसक्दा एकातर्फ समृद्धि तर्फको हाम्रो कर्म नागरिकको हृदयको प्रिय हुन सकेन भने आर्का तर्फ घोषणा पत्रवाट जारी हाम्रो भविष्य दृष्टिलाई कर्णप्रिय बनाउन सकेनौ ।

६. परम्परागत सांगठनिक शैली ः समय बददिलो, हामी बदलिएनौं

समय बदलियो, चुनौती बदलियो, प्रतिस्पर्धीहरुको क्षमता र एकता पनि बदलियो । तर, बदलिएको चुनावी चुनौती बदल्न सक्नेगरी हामी बदलिएनौं । परिणाममा हाम्रो आकार बदलियो । कर्पोरेट हाउस जस्तो एउटा र सैन्य मैदानबाट आएको आर्को, दुई कम्युनिष्ट पार्टी एकीकृत हुने घोषणासाथ गठवन्धन बनाएर चुनाव मैदानमा आउँदा त्यसको प्रतिवाद गर्न सक्ने सांगठनिक पूर्व तत्परता हाम्रो विल्कुलै भएन । केन्द्रमा होस् या अन्य तहमा समयमै सबै पदाधिकारी मनोनयन एवं विभाग गठन तथा भ्रातृ संस्थाहरुको आधुनिकीकरण हुन सकेको भए निश्चय पनि क्षति न्यून हुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि