२८ बैशाख २०७८, मंगलवार १९:२२

कोरोना संक्रमित विपन्नलाई पाँचखाल नगरपालिकाद्वारा दश हजार उपचार खर्च


पाँचखाल । काभ्रेको पाँचखाल नगरपालिकाले कोरोना सङ्क्रमित विपन्न व्यक्तिलाई उपचार खर्च वापत दश हजार रुपैयाँ दिने भएको छ ।
नगरपालिका प्रमुख महेश खरेललेसार्वजनिक सूचना जारी गर्दै नयाँ भेरियन्टसहितको कोभिड १९ फैलदै गएकोले कोरोना सङ्क्रमित भई उपचाररत अति विपन्नलाई वडाको सिफारिस र अस्पतालको कागजातको आधारमा नगरपालिकाले दश हजार रपैयाँ उपलब्ध गराउने निणर्य भएको बताइएको छ ।
यसअघि नगरभित्र सञ्चालित चार वटा एम्बुलेन्सले मात्रै कोभिड-१९ का बिरामी बोक्न नसक्ने देखिएपछि सो नगरपालिकाका प्रमुख, उपप्रमुख र प्रशासकीय अधिकृत चढ्ने सुविधाको गाडी एम्बुलेन्सको रुपमा प्रयोग गर्ने निणर्य गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि