२९ बैशाख २०७८, बुधबार १५:३६

मोरङ र सुनसरीका उद्योगबाट पूणर् क्षमतामा अक्सिजन उत्पादन


विराटनगर । नेपालले अहिले कोरोना संक्रमितहरुको उपचारका लागि आवश्यक पर्ने अक्सिजनको चरम अभाव खेपिरहेको छ । सुनसरी र मोरङका अक्सिजन उद्योगहरु भने पूणर् क्षमतामा संचालन हुन सकेका छैनन् ।
यता विराटनगरमा संचालित अस्पतालहरुले भने अक्सिजनको अभावमा संक्रमितहरुलाई उपचार गर्न समस्या परेको बताएका छन् । अधिकाशं अस्पतालहरुमा अक्सिजन अभाव भएको बाहानामा संक्रमितहरुको भर्ना लिन आनकान गर्दै अएका छन् ।
सुनसरी र मोरङमा ५ वटा अक्सिजन उद्योगहरु संचालनमा रहेका छन् । यी उद्योगहरुबाट दैनिक न्यूनतम १ हजार ५ सय सिलिण्डर अक्सिजन उत्पादन गर्न सकिन्छ । एउटा सिलिण्डरमा ४७ लिटर अक्सिजन जम्मा गर्न सकिन्छ । तर पछिल्लो समय अक्सिजनका सिलिण्डरहरु घरघरमा मौज्दात गर्ने प्रवृत्ति बढेकाले सिलिण्डर अभाव हुन थालेको र उद्योगहरु पूणर् क्षमतामा संचालन गर्न नसकिएको उद्योगीहरुले बताएका छन् ।
सरकारले पर्याप्त सिलिण्डर उपलब्ध गराए पूर्व क्षेत्रमा अक्सिजनको अभाव नहुने अक्सिजन उद्योगीहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि