२९ बैशाख २०७८, बुधबार १६:३४

नेपाललाई अमेरिकी रक्षा मन्त्रालयद्वारा ३६ करोडको स्वास्थ्य सामाग्री हस्तान्तरण


काठमाडौं । संयुक्त राज्य अमेरिकाले ३६ करोड बराबरको स्वास्थ्य सामाग्री नेपाललाई प्रदान गरेको छ ।
अमेरिकी रक्षा मन्त्रालयले कोभिड-१९ महामारीविरुद्ध नेपाललाई श्वाशप्रश्वास, आइसोलेसनमा प्रयोग हुने सामाग्री, पीपीई, हाइफ्लो अक्सिजन डिभाइस प्रदान गरेको हो ।
साथै, टेलिमिडिसन उपकरण, परीक्षण साधन, ह्यान्डवासिङ स्टेसन र हेल्थ क्लिनकका सामाग्री पनि संलग्न छन् ।
स्वास्थ्य मन्त्रालय र सीसीएमसीलाई ती सामाग्री प्रदान गरिएको अमेरिकी दूतावासद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
अहिलेसम्म ती स्वास्थ्य सामाग्री प्रदान गरिएको अमेरिकी दूतावासले जनाएको छ ।
अमेरिकाले यसअघि ३९.९ मिलियन डलर बराबरको स्वास्थ्य सामाग्री नेपाललाई आफ्ना साझेदार निकायबाट प्रदान गर्ने घोषणा गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि