२९ बैशाख २०७८, बुधबार १९:५०

ओलीलाई अलोकतान्त्रिक गतिविधिबाट रोक्न हामीले राजिनामा दिनुपर्छ : भीम रावल


काठमाडौं । असाधारण समस्याको समाधान गर्न असाधारण पाइला चाहिने उल्लेख गर्दै भीम रावलले राजीनामा दिने संकेत गरेका छन् ।
अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई विधानविपरीत र अलोकतान्त्रिक कार्य गर्नबाट रोक्न पदमुक्त गर्नुपर्ने आवश्यकता रहेको पनि उनले उल्लेख गरेका छन् ।
उनले यसो भनेका छन् ः
‘असाधारण समस्याको समाधान गर्न असाधारण पाइला चाहिन्छ। थप राष्ट्रिय हित, पार्टी विधानविपरीत र अलोकतान्त्रिक कार्य गर्नबाट प्रधानमन्त्री केपी ओलीलाई रोक्न पदमुक्त गर्नु आवश्यक छ,’ बुधबार ट्वीट गर्दै उनले भनेका छन्, ‘त्यसका लागि हामीले सांसद पदबाट राजीनामा गरी स्थिति निर्माण गर्नुपर्छ। यो राजनीतिक नैतिकता र कानूनी दृष्टिले धेरै उचित छ ।’
रावलसहित नेता माधव नेपाल पक्षका २८ सांसदले गत सोमबार प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिएका थिएनन् । उनीहरू उक्त दिन प्रतिनिधि सभामै अनुपस्थित रहेका थिए ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि