हिमालयन र नेपाल इन्भेष्टमेण्ट बैंक मर्जरका लागि भोलि सम्झौता हुने

काठमाडौं । नेपालका दुई ठूला वाणिज्य बैंकहरु हिमालयन र नेपाल इन्भेष्टमेण्ट बैंकबीच बिहीबार समझदारी पत्रमा हस्ताक्षर हुने भएको छ ।
एक वर्षदेखि मर्जका लागि अनौपचारिक रुपमा गृहकार्य तीव्र बनाउँदै आएका दुई बैंकले बिहीबार औपचारिक सझदारी पत्रमा हस्ताक्षर गर्ने निणर्य गरेका हुन् ।
बिहीबार समझदारी पत्रमा हस्ताक्षर गरेपछि यो बैंक निजी क्षेत्रको सबैभन्दा ठूलो वाणिज्य बैंक बन्ने औपचारिक प्रक्रियामा सुरु गर्नेछ । स्रोतका अनुसार दुवै बैंकले मर्जरका लागि निणर्य गरिसकेकाले बिहीबारको समझदारीपछि राष्ट्र बैंकमा निवेदन दिनेछन् ।
दुवै बैंकको सञ्चालक समितिले मर्जरका लागि शुक्रबार अनुमति दिएका थिए ।
आर्थिक वर्ष २०७६/७७ सम्मको वित्तीय विवरणअनुसार इन्भेष्टमेन्टको कुल सम्पत्ति २ खर्ब ३ अर्ब र हिमालयनको १ खर्ब ५५ अर्ब रूपैयाँ छ । अब बन्ने हिमालयन नेपाल इन्भेष्टमण्ट बैंकको चुक्ता २३ अर्ब ६१ करोड हुनेछ ।