‘नेपालमा चीनबाट अक्सिजन ल्याउने तयारी’

काठमाडौं । चीनको स्वशासित क्षेत्र तिब्बतले सहायता स्वरुप प्रदान गर्ने लीक्वीड अक्सिजन कन्टेनर नेपाल ल्याउने तयारी भैरहेको छ । चिनियाँ पक्षले यथासक्य चाडो उक्त स्वास्थ्य सामग्री तातोपानी नाकामा हस्तान्तरण गर्ने भएको छ ।
चीन सरकारले उपलव्ध गराउने ५ मिलियन युआन अनुदान सहायता अन्तरगत ३५०० अक्सिजन सिलिण्डर र १० भेण्टिलेटर मध्ये अक्सिजन सिलिण्डर र १० भेण्टिलेटर मध्ये दोस्रो लटको अक्सिजन सिलिण्डर नेपाल ल्याउनको लागि नेपाल एअरलाइन्सको चार्टर जहाज पठाइने भएको छ ।
चीन सरकारले कोभिड सहायता अन्तरगत नेपाललाई उपलव्ध गराउने थप ५ मिलियन युआन बरावरको सहयोग एअर बेस्ड अक्सिजन जेनेरेटर युनिट्स उपलव्ध गराइदिन अनुरोध गर्दै नेपाली राजदूतावास वेइजिङ मार्फत अनुरोध गरिएको थियो ।
अमेरिकाको सहयोगी संस्था कम्युनिटी पार्टनर्स इन्टरनेशनल, सानफ्रान्सिस्को र नेपाली समुदायको सक्रियतामा खरीद गरिएको १०० अक्सिजन कन्सन्ट्रेटर निकट केही दिनमा नेपाल आइपुग्ने भएको छ ।
ओमानस्थित नेपाली राजदूतावासले स्थानीय नेपाली समुदायको सहयोगमा ६०० खाली अक्सिजन सिलिण्डर १५ मे, २०२१ मा विमान चार्टर गरी पठाउने बताइएको छ ।