३० बैशाख २०७८, बिहीबार १७:४३

‘गौर अस्पतालमा दक्ष जनशक्ति नहुँदा आइसियु र भेन्टिलेटर प्रयोगविहीन’


रौतहट । जनशक्ति नहुँदा गौर अस्पतालका आइसियु र भेन्टिलेटर प्रयोगविहीन बनेका छन् । दक्ष जनशक्ति नहुँदा गौर अस्पतालमा १० बेडको आइसियु, ४ भेन्टिलेटर तथा १५ वटा एचडियु बेड सञ्चालन हुन नसकेको हो ।
जनशक्तिकै अभावमा आइसियु र भेन्टिलेटर प्रयोगमा ल्याउन नसकिएको गौर अस्पतालका मेसु डा. कृष्णा साहले स्वीकारेका छन् । दरबन्दीअनुसारको कर्मचारी नहुँदा बिरामीहरुको उपचारमा धेरै कठिनाइ भएको डा. साहको गुनासो छ ।
गौर अस्पतालको भवनको पछाडि पश्चिमपट्टि एउटा अर्को भवनलाई अस्थायी कोभिड वार्ड बनाइएको छ । गौर अस्पतालकै चिकित्सकहरु ड्युटी मिलाएर कोभिड वार्डमा खटिएका छन्। यो अस्थायी अस्पतालमा बुधबार पनि २ जनाले ज्यान गुमाएको डा. साहले जानकारी दिएका छन् ।
बुधबारसम्म गौर अस्पतालमा उपचारको क्रममा १८ जनाले ज्यान गुमाइसकेका छन्। गौरमा रहेको कोभिड अस्पतालमा अक्सिजनबाहेक अन्य कुनै उपचार नपाउँदा बिरामीले ज्यान गुमाउन थालेको स्थानीयको आरोप छ ।
जिल्लामा जनशक्ति पठाउनका लागि सम्बन्धित निकायमा ताकेता गर्दासमेत आवश्यक चिकित्सक तथा स्वास्थ्यकर्मी उपलब्ध हुन नसकेको डा. साह बताउछन् । स्वाब परीक्षणको लागि पिसिआर ल्याबमा पनि जनशक्तिको चरम अभाव रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि