३० बैशाख २०७८, बिहीबार १९:३६

‘१५ दिनभित्र अक्सिजन प्लान्ट जडानको सरकारी निर्देशन हावादारी : निजी अस्पताल’


काठमाडौं । सरकारले १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्नू भनी सरकारले दिएको निर्देशनलाई निजी अस्पतालले हावादारी निणर्य भनेको छ ।
एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन) का अध्यक्ष बसन्तकुमार चौधरीले विज्ञप्ति जारी गरी अक्सिजन प्लान्टको मूल्य कम्तीमा २ करोड र त्यसका लागि पूर्वाधार तयार गर्न ५० लाख चाहिने भएकले तत्काल जडान गर्न नसक्ने बताएका छन् ।
‘यस्तो गम्भीर समयमा सरकारले अक्सिजन व्यवस्थापनका लागि तत्काल प्रभावकारी कदम चाल्नुको सट्टा निजी अस्पतालहरूलाई १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्नु भन्दै हावादारी निर्देशन दिएर सरकार आफ्नो दायित्वबाट विमुख हुनु आश्चर्यको विषय हो भन्ने हामीले ठानेका छौँ’ विज्ञप्तिमा भनिएको छ ।
हाल लगभग देशभरि नै निषेधाज्ञा जारी रहेको र अन्तर्राष्ट्रिय हवाइसेवा पनि बन्द रहेका कारण द्रुत सामान ढुवानीको विकल्प नभएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।
अक्सिजन अभावको समस्या समाधान गर्न सरकारको तर्फबाट विशेष कदम चालिनुपर्ने अफिनले त्यसमा साथ दिन निजी अस्पताल तयार रहेको पनि बताएको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि