२ जेष्ठ २०७८, आईतवार ०८:३८

‘शपथलाई मजाक बनाउने प्रधानमन्त्री, जनता र संविधानलाई गिज्याउने राष्ट्रपति’


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीमा पुनः नियुक्ति भई गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट लिएको पद तथा गोपनीयताको शपथ विवादमा तानिएको छ । शपथ ग्रहणका क्रममा ओलीले मुलुक र जनताप्रति वफादार रहने प्रतिज्ञा गर्न अस्वीकार गरेको भन्दै चर्को आलोचना भइरहेको छ ।

यस्तो भएको थियो शपथ ग्रहण कार्यक्रममा …….

शपथका क्रममा राष्ट्रपतिले ‘……सत्य निष्ठापूर्वक प्रतिज्ञा गर्छु’ भन्दा ओलीले पनि ‘सत्य निष्ठापूर्वक’ मात्रै भने । अनि राष्ट्रपतिले फेरि ‘प्रतिज्ञा गर्छु’ भनिन् । तर यो शब्द ओलीले दोहो-याउन मानेनन् । बरु, उल्टै त्यो पर्दैन भनेर राष्ट्रपतिलाई सिकाए । जवाफमा राष्ट्रपति हाँसेर लाचारजस्तो बन्दै शपथलाई अघि बढाइन् ।

शपथ समारोहको यो घटनाक्रमलाई लिएर राष्ट्रपति र प्रधानमन्त्रीको चर्को आलोचना भइरहेको हो । शपथको ब्यहोराअनुसार शपथ गराउने व्यक्तिले भनेको वाक्य शपथ लिने व्यक्तिले दोहोर्याउनु पर्ने भएपनि ओलीले त्यसको उलंघन मात्रै गरेनन् राष्ट्रपतिलाई सिकाउने काम समेत गरेका हुन् ।
संविधानविद्हरुले प्रधानमन्त्री र राष्ट्रपतिको यो हर्कतले समग्र देश र जनताको अवमूल्यन भएको बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि