१७ जेष्ठ २०७८, सोमबार १९:४८

‘राष्ट्रिय सभा उपनिर्वाचनमा लुम्बिनीमा पनि एमालेलाई धक्का, नेपाली कांग्रेसका पाण्डे विजयी’


काठमाडौं । लुम्बिनी प्रदेशमा सोमबार सम्पन्न राष्ट्रिय सभा उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेद्वार दृगनारायण पाण्डे निर्वाचित भएका छन् । उनले नेकपा (एमाले)का उम्मेद्वार चन्द्रबहादुर खड्कालाई पराजित गरे ।
पाण्डेले ४ हजार १४० मतभार पाए भने खड्काले ३ हजार ६१२ मतभार पाए । पाण्डेलाई नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाको पनि साथ थियो ।
जम्मा ३०० मतदाता रहेको लुम्बिनीमा २९७ मत खसेको थियो। तीन स्थानीय तहका प्रमुख मतदानमा अनुपस्थित भएका थिए ।
यसअघि माओवादी केन्द्रको तर्फबाट निर्वाचित खड्का एमाले प्रवेश गरेपछि उपनिर्वाचन भएको हो । एमालेले खड्कालाई नै पुनः उम्मेद्वार बनाएको थियो ।
सोमबार निर्वाचित पाण्डे यसअघि एमालेको तर्फबाट लुम्बिनीको प्रदेशको प्रदेश सभा सदस्य थिए। उनले १९ वैशाखमा प्रदेश सभा सदस्यबाट राजीनामा दिएर कांग्रेस प्रवेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि