‘कोरोना महामारीमा नदी र नाकाबाट प्रहरीकै मिलोमतोमा तस्करी’

काठमाडौं । नेपालमा कोरोना महामारीको दोस्रो लहरका कारण सबै जना घरभित्र छन् । महामारीले गर्दा कोही कसैलाई भेट्न पाएका छैनन ।
कोभिडको त्रासका कारण सबैजना बन्दाबन्दीभित्र परेको बेला तस्करहरुले प्रहरीसँगकै मिलोमतोमा तस्करी गर्दै आइरहेका सूचनाहरु प्राप्त भएका छन् । तस्करी गर्ने क्रम सीमावर्ति क्षेत्रमा अझ धेरै पाइएको छ ।
रुपन्देही जिल्लाको मैनिहिया नाकाबाट अवैध रुपमा विभिन्न सामग्री नेपाल भित्रिरहेको सूचनाहरु प्राप्त भएका छन् । सीमामा तैनाथ सशस्त्र प्रहरी निरिक्षक कमाण्डको टोली, मैनिहियास्थित असइ नेतृत्वको नेपाल प्रहरीको टोलीले उल्टै तस्करलाई सघाउन लागिपरेको गुनासो छ ।
कोभिडको कारण स्थानीयहरु कोहि पनि घरबाहिर निस्किन सकेका छैनन् तर तस्करहरुले भने प्रहरीको सेटिङ्गमा भन्सार छलेर दैनिक लाखौंको सामान नेपाल भित्राइरहेका छन् ।
सीमापारीको भगवानपुर बजार क्षेत्रबाट अवैध रुपमा नेपाल भित्रिएको सामान भैरहवा, बुटवलका बजारमा जाने गरेको छ ।
यस्तै तस्करी प्राकृतिक पदार्थ उत्खननमा भएको पाइएको छ । नदीजन्य खनिज पदार्थको तस्करी भईरहेको पाइएको छ ।