१९ जेष्ठ २०७८, बुधबार १६:४६

उपत्यकामा जेठ ३१ सम्म निषेधाज्ञा, के गर्न पाइन्छ, के पाइँदैन ?


काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञाको समय थप गर्ने निणर्य गरिएको छ ।
काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले बुधवार निषेधाज्ञा लम्ब्याउने निणर्य गरेका हुन् ।
वैशाख १६ बाट जारी निषेधाज्ञालाई निरन्तरता दिँदै जेठ १४ बाट सो आदेशलाई थप कडा पारिएको थियो । अब उपत्यकामा बन्द गरिएको खाद्यान्न, किराना तथा डिपार्टमेन्ट स्टोर खोल्न दिने निणर्य गरिएको छ । अब किराना र डिपार्टमेन्ट स्टोर बिहान ९ बजेसम्म खोल्न दिने निणर्य गरिएको बताइएको छ । सार्वजनिक निर्माणलाई खुल्ला गर्ने निणर्य भएको छ । सार्वजनिक निर्माण बन्द हुँदा सामग्री ढुवानीका सवारी-साधन पनि रोकिएका थिए । निर्माण सामग्री रातको समयमा मात्र ढुवानी गर्न दिने निणर्य गरिएको छ ।
त्यस्तै कुटनीतिक नियोगले लिने परीक्षा तथा अन्र्तवार्ताका पनि खुल्ला गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि