२३ जेष्ठ २०८०, मंगलबार / Tue Jun 6, 2023

नेपाललाई युएई सरकारबाट भेन्टिलेटरसहित १२ टन स्वास्थ्य सामाग्री सहयोग


काठमाडौं । नेपालमा कोरोना भाइरसको दोस्रो लहरको महामारी फैलिरहेको छ । महामारी रोकधामका लागि विदेशी राष्ट्र, वैदेशिक निकायहरुले कोभिड विरुद्धको खोप, स्वास्थ्य सामाग्री लगायतका सहयोगहरु गर्दै आएका छन् ।
युएइ सरकारले कोभिड-१९ बाट सङ्क्रमित नेपालीहरूको सहयोगका लागि हिजो एक विशेष विमानमार्फत १५० भेन्टिलेटर, ट्रली, मास्कसहित करिब १२ टन स्वास्थ्य सामग्री तथा उपकरणहरू नेपाल पठाएको छ ।
नेपालमा पहिलो लहरको महामारीका बेला गत वर्ष अप्रिलमा पनि युएइ सरकारले नेपाललाई यस्तै सहयोग उपलब्ध गराएको थियो ।
युएई सरकारले नेपालीहरूलाई समस्या परेका बखत हार्दिकतापूणर् सहयोग गर्दै आएका युएईका लागि नेपाल राजदूत कृष्णप्रसाद ढकालले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि