२० जेष्ठ २०७८, बिहीबार १०:१३

‘एमाले विवाद : एकताको प्रयास सँगसँगै विभाजनको तयारी’


काठमाडौं । नेकपा (नेकपा) को एकता सर्वोच्च अदालतले भंग गरिदिएसँगै पूर्व एमालेमा चुलिएको विवादको समाधान अहिलेसम्म पनि हुन सकेको छैन ।
नेकपा एमालेको केपी शर्मा ओली र झलनाथ खनाल माधव नेपाल पक्षको आज छुट्टाछुट्टै बैठक बोलाएका छन् । ओली पक्षीय स्थायी कमिटी बैठक आज अपरान्ह ४ बजे बस्ने भएको छ भने खनाल नेपाल पक्षीय केन्द्रीय समितिको बैठक आज बिहान ११ बजे भर्चुअल बैठक बस्दै छ ।
एकताको प्रयास सँगसँगै विभाजनको तयारीका बीच एमालेका दुई पक्ष विहीबार आन्तरिक छलफल गर्दै छन् ।
काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका खनाल, नेपालसहित ११ जनालाई पार्टीबाट निकालेर ओली पक्ष एकताको प्रयास गरिरहेको छ । यद्यपि ओली पक्षबाट नेपाल पक्षका केन्द्रका १२ जना र सुदूरपश्चिमका १० जना नेतामाथि गरिएको कारबाहीको तयारी रोकिएको छ ।
ओली पक्षले नेपालसहितका केही नेता बाहेकलाई बाहिर राखेर एकताको प्रयास गरिरहेको छ । त्यसमा माधव नेपाल पक्षमा नेताहरु घनश्याम भुसाल सुरेन्द्र पाण्डे, योगेश भट्टराई र गोकणर् बिष्ट लागि परेको देखिन्छ । उनीहरुले केही दिनयता ओली पक्षसँग निरन्तर छलफल गरिरहेका छन् ।
आफ्नो निर्देशन विना ओली पक्षसँग उनीहरुले गरिरहेको वार्ताप्रति असन्तुष्ट नेता खनाल र नेपालले आज केन्द्रीय कमिटीमा छलफल गरेर आगामी रणनीति बनाउने बुझिएको छ ।
दुवै पक्षका दोस्रो पुस्ताका नेताबीच संवाद चलिरहेका बेला नेता नेपालले ओलीको सन्देश आफ्नो समूहलाई ‘फुटाउने र राज गर्ने’ नीतिका रूपमा आएको बताएका छन् । साँचो अर्थमा ओलीले पार्टीको विवाद मिलाउन नचाहेको नेपालको बुझाइ छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि