२१ जेष्ठ २०७८, शुक्रबार १२:२७

‘चुनावमा ओली पक्षलाई देशभर हराउने भित्री योजनामा विपक्षी गठबन्धन’


काठमाडौं । विपक्षी दल नेपाली कांग्रेससहितको गठबन्धन अहिले सकेसम्म प्रतिनिधि सभा पुनःस्थापना गराउने रणनीतिक तयारी गरिरहेको बुझिएको छ । प्रतिनीधि सभा पुर्नस्थापना नभए चुनाव ओली पक्षलाई देशभरबाट हराउने रणनीतिक तयारी गरिसकेका छन् ।
चुनाव मंसिरमा हुन कठिन भएको र अर्को वर्षको वैशाख या जेठमा हुने बुझाई गठबन्धनको रहेको छ ।
मंसिरमै भएपनि एमालेको केपी शर्मा ओली पक्षधरलाई देशभर हराउने गरी गठबन्धन भित्री तयारीमा रहेको बुझिएको छ । अहिलेको गठबन्धनलाई महागठबन्धन नाम दिएर नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूह, नेकपा एमालेको माधव नेपाल पक्षधर र राष्ट्रिय जनमोर्चासहित केही साना दल मिलेर जानेबारे सहमतिको खाका समेत तयार भएको समाचार श्रोतले बताएको छ ।
चुनावमा प्रत्यक्षतर्फ १६५ सिटमा एकले अर्को पार्टीको उम्मेदवारलाई सहयोग गर्ने गरी कुरा मिलाउने सहमतिको नजिक गठबन्धन पुगेका छन् । नेपाली काँग्रेसले ५० देखि ६० प्रतिशतमा गठबन्धनका अन्य दलहरुको साथ पाउने गरी बाँकीमा अन्य दलहरुलाई सघाउने गरी खाका बनाइएको छ । देशभर एमालेको ओली पक्षलाई हराउने रणनीतिका साथ यो खाका बनाइएको बुझिएको छ ।
माओवादी केन्द्र, एमालेको माधव नेपाल पक्षधर, जसपाको यादव समूहका अलावा साना दलसमेतलाई गठबन्धनमा राखेर चुनावी सहकार्यको खाका बनेको हो । माओवादी केन्द्र र एमालेको माधव नेपाल समूह मिलेर एउटै चुनाव चिन्हमा निर्वाचनमा जाने सम्भावना पनि रहेको बुझिएको छ । त्यस्तो अवस्थामा उक्त समूहले ४० प्रतिशतसम्म सिटमा साथ पाउने गरी तयारी भएको छ । एक्लै चुनाव लडेमा दुवैले २०-२० प्रतिशतसम्म सिट पाउने गरी खाका बनाइएको छ । उपेन्द्र यादव समूहका अलावा अन्य साना दलले १० प्रतिशत सिटमा गठबन्धनको साथ पाउने गरी बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि