२१ जेष्ठ २०७८, शुक्रबार १६:४०

कोरोनाका कारण अवरुद्ध जलविद्युत आयोजनाहरुको म्याद थप


काठमाडौं । नेपाल विद्युत प्राधिकरणले कोरोना महामारीका कारण अवरुद्ध जलविद्युत आयोजनाहरुको म्याद थप गरेको छ । विद्युत खरिद बिक्री सम्झौता (पीपीए)अनुसार अघि बढ्न नसकेका जलविद्युत आयोजनाको म्याद १ वर्ष थप गर्न लागेको हो ।
प्राधिकरणको ८७० औं सञ्चालक समिति बैठकले वित्तीय व्यवस्थापन गर्न, निर्धारित तालिकाअनुसार विद्युत उत्पादन गर्न तथा उत्पादन अनुमतिपत्र बुझाउन नसकेका जलविद्युत आयोजनाको हकमा अधिकतम १ वर्षसम्म म्याद गरिदिने प्रक्रिया अघि बढाएको छ ।
प्राधिकरण विद्युत व्यापार विभागले अधिकतम १ वर्ष म्याद थप गर्ने निणर्य सञ्चालक समितिबाट भइसकेकाले यो सुविधा लिन जलविद्युत प्रवर्द्धकलाई आग्रह गरेको छ । कोभिड-१९ माहामारीको प्रभावित आयोजनाको म्याद थप गरी पीपीए भएको मिति संशोधन गर्ने सुविधा लिने प्रवर्द्धकलाई सम्पूणर् विवरण सहितको आवेदन दिन आग्रह गरिएको हो ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि