२४ जेष्ठ २०८०, बुधबार / Wed Jun 7, 2023

‘एमाले विवाद : तल्लो गह्राको पानी माथिल्लोमा उक्लन सम्भव नहुने नेपाल समुहको निष्कर्ष’


काठमाडौं । एमालेको वरिष्ठ नेता माधवकुमार नेपाल-झलनाथ खनाल समूहले अध्यक्ष केपी शर्मा ओलीलाई तल्लो गह्राको पानी माथिल्लो गह्रामा जान असम्भव हुने जवाफ फर्काएको छ ।
ओलीले आइतबार राति पार्टीलाई ३ जेठ २०७५ पूर्वको अवस्थाबाट अघि बढाउन तयार रहेको भन्दै पार्टीमा पुनर्मिलनका लागि ६ बुँदे प्रस्ताव अघि सारेका थिए । त्यो प्रस्तावबारे छलफल गर्न बसेको नेपाल-खनाल समूहका नेताहरूको बैठकले ओलीले अल्मल्याउनलाई आफूहरूको प्रस्तावविपरीत पासा फ्याकेको निकष्र्ष निकालेको हो ।
नेपाल समूहले २ जेठ २०७५ को एमालेको नवौँ महाधिवेशनबाट निर्वाचित समितिमा फर्किए एकता सम्भव हुने ओलीसमक्ष प्रस्ताव राखेको थियो । त्यसको जवाफमा ओलीले ३ जेठ २०७५ पूर्वको अवस्थामा मुनर्मिलनको प्रस्ताव गरेका थिए । यसको जवाफमा नेपाल-खनाल समूहले ‘तल्लो गह्राको पानी माथिल्लो गह्रामा जान नसक्ने’ स्वीकार्न नसकिने बताएको हो ।
समूहका नेता तथा एमाले उपाध्यक्ष युवराज ज्ञवालीले ३ गतेबाट २ गतेमा असम्भव हुने निष्कर्ष निकालेको र त्यसको जवाफ आजै लिखित रूपमा प्रस्तावका रूपमा बाहिर ल्याउने बताए । ‘तल्लो गह्राको पानी माथिल्लो गह्रामा जान सम्भव हुँदैन । दुई जेठमा पुग्यौँ भने पो त्यही अनुरुप तीन जेठमा जान सकिएला,’ ज्ञवालीले बैठकले निकालेको निष्कर्षबारे इकागजसँग भने, ‘अध्यक्ष ओलीले एकता गरौं त भन्नुभयो, तर, उहाँले त्यसभित्र जे-जे विषय राख्नु भएको छ । ती एकता गर्न मिल्ने खालका छैनन् ।’

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि