२५ जेष्ठ २०७८, मंगलवार ०८:४७

लागुऔषधसहित कैलालीमा दुई युवती र एक युवक पक्राउ


धनगढी । कैलालीमा लागुऔषधसहित दुई युवती र एक युवक पक्राउ परेका छन् । विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले धनगढी उपमहानगरपालिका-२ कृष्णनगर टोलबाट लागुऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका-२ का २५ वर्षीय सञ्जिप सिंह, २० वर्षीया मैना साउद र ३५ वर्षीय लक्ष्मी भट्ट रहेको जिल्ला प्रहरी कार्यालय, कैलालीले बताएको छ ।
उनीहरुको साथबाट ६ ग्राम १७५ मिलीग्राम ब्राउनसुगर, ६ ट्याबलेट नाईट्रोभेट र लागु औषध बेचबिखन गर्न राखिएको डिजिटल तराजु समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि