२५ जेष्ठ २०७८, मंगलवार १०:२९

‘कोरोनाभाइरस नियन्त्रणका लागि स्वास्थ्यमन्त्री शेरबहादुर तामाङका प्रतिबद्धता’


काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले कोरोनाभाइरस कहरबाट देशलाई मुक्त गर्नु आफ्नो मुख्य प्राथमिकता भएको बताएका छन् ।
स्वास्थ्यमन्त्रीका रूपमा पहिलो पत्रकार सम्मेलन गर्दै मन्त्री तामाङले उक्त प्रतिबद्धता जनाएका हुन् ।
तामाङले विगतमा स्वास्थ्य मन्त्रालयले गरेका कतिपय निणर्य विवादित भएको भन्दै आफ्नो पालामा पारदर्शिता अपनाइने प्रतिबद्धता पनि जनाए ।

स्वास्थ्यमन्त्रीले जनाएका मुख्य पाँच प्रतिबद्धताहरू :

१. कोरोनाभाइरस कहरबाट देशलाई मुक्ति
२. परीक्षणको दायरा बढाउने
३. पहिलो मात्रा लगाएकाले चाँडै खोप उपलब्ध गराउने घोषणा
४. बालबालिकाको उपचारका लागि तयारी
५. उपचार खर्चको अनुगमन

मन्त्री तामाङले कोभिडसँग सम्बन्धितबाहेक अन्य प्रतिबद्धता पनि जनाएका छन् । उनले कोभिड नियन्त्रणमा सरकारका विभिन्न निकायबीच देखिएको समन्वयको अभावलाई अन्त्य गर्ने बताएका छन् । त्यस्तै मन्त्रालयको गतिविधिलाई पारदर्शी बनाउने, स्वास्थ्यकर्मीको सुरक्षाको ग्यारेन्टी गर्ने, दुर्गम क्षेत्रमा स्वास्थ्य सामग्री पुर्‍याउने र स्वदेशमै नेपालीहरूले सुलभ र गुणस्तरीय चिकित्सा शिक्षा प्राप्त गर्ने बनाउन आफूले काम गर्ने तामाङको प्रतिबद्धता छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि