२७ जेष्ठ २०७८, बिहीबार १९:३२

माओवादी केन्द्रद्वारा बनेपाका श्रमिकलाई राहत वितरण


काभ्रे । नेकपा (माओवादी केन्द्र) बनेपा नगरले समस्यामा परेका श्रमिकहरुलाई राहत सामग्री वितरण गरेको छ ।
बनेपा नगरभित्र बसोबास गर्दै आएका श्रमिक, अपांग तथा जेष्ठ नागरिक, एकल महिलाहरुलाई लक्षित गरि राहत वितरण गरिएको नेकपा (माओवादी केन्द्र) बनेपा नगरले बताएको छ । माओवादी केन्द्र बनेपा नगरले तेश्रो चरणको राहत वितरणमा बनेपाको नयाँबस्तीमा मा गरेको पनि जानकारी दिएको छ । २ केजी दाल, १५ केजी चामल, १ लिटर तेल, नुन, साबुन लगायतका सामानहरु राहत स्वरुप उपलब्ध गराइएको बताइएको छ ।
राहत वितरणका लागि सापकोटा राइल मिलका प्रोपाइटर दिनेश सापकोटाले ५ हजार बराबरको खाद्यान्न लगायतका सामाग्री सहयोग स्वरुप उपलब्ध गराएका थिए भने सामान बोक्न यातायातको व्यवस्थापन आर.पि. फर्निचरका संचालक पुरुषोत्तम नेपालले गरेका थिए ।
माओवादी केन्द्र, बनेपा नगरले तेस्रो चरणमा करिब २५ जनाको परिवारलाई राहत वितरण गरेको बताएको छ ।
राहत वितरण कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य भोलाप्रसाद अर्याल, अखिल नेपाल ट्रेड युनियन महासंघ बनेपाका इन्चार्ज एवम् माओवादी केन्द्रका जिल्ला सदस्य राजन अधिकारी, युवा नेता मीनराज के.सी., पर्शुराम दाहाल, सुरथ केंसी, कल्पना लामालगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि