३० जेष्ठ २०७८, आईतवार २१:०४

‘चट्याङका दृष्टिकोणबाट नेपाल चौथो उच्च जोखिमयुक्त देश’


काठमाडौं । चट्याङका कारण नेपालमा प्रत्येक वर्ष १०० जनाभन्दा बढी मानिसको मृत्यु हुने गरेको छ । चट्याङबाट ३०० जनाभन्दा बढी घाइते हुने गरेका छन् ।
चट्याङ लागेर सयौँ बस्तुभाउको पनि ज्यान जान्छ तथा अरू किसिमको क्षति पनि पुग्छ । गृह मन्त्रालयको विपद् जोखिम न्यूनीकरण महाशाखाले चट्याङबाट नेपालमा पुग्ने क्षतिको तथ्याङ्क प्रकाशित गर्ने गरेको छ ।
हालै गरिएको एउटा अध्ययनले चट्याङका दृष्टिकोणबाट नेपाल संसारको चौथो उच्च जोखिमयुक्त मुलुक भएको देखाएको छ ।
नेपालमा प्रति १० लाख मानिसमध्ये चार जनाको चट्याङका कारण मृत्यु हुने गरेको तथ्याङ्क छ । त्यसैगरी चट्याङका कारणले विद्युतीय सामग्रीको अतिरिक्त घरमा आगलागी भई हुने भौतिक क्षतिले ठूलो धनराशि नोक्सान हुन्छ ।
चट्याङबाट हुने जनधनको क्षति न्यूनीकरणका लागि नेपालमा खासै उल्लेख्य काम भएको पाइँदैन । तर विकसित मुलुकहरूमा भने यसका लागि राष्ट्रिय मापदण्ड बनाइएको हुन्छ ।
परिणामस्वरूप त्यहाँ चट्याङका कारणले ज्यान गुमाउनेको संख्या नगण्य रहेको र अन्य क्षति पनि तुलनात्मक रूपमा निकै कम रहेको पाइन्छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि