३१ जेष्ठ २०७८, सोमबार ०८:३६

आजको मौसम : विभिन्न स्थानमा भारी वर्षाको सम्भावना


काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशका प्रदेश नं १, प्रदेश नं २, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा भारी बर्षाको समेत सम्भावना भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।
महाशाखाले मौसम पूर्वानुमान जारी गर्दै देशका धेरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।
आज देशभर मनसुनी वायुको प्रभाव रहेकोले बिहानैदेखि देशभर सामान्यदेखि पूणर् बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कणर्ाली र सुदुरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका एक, दुई स्थानहरुमा वर्षा भईरहेको महाशाखाले जनाएको छ ।

यसैगरी, सोमबार दिउँसो देशभर सामान्यदेखि पूणर् बदली रहने र देशका धेरै स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
भने, प्रदेश नं १, प्रदेश नं २, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका एक,दुई स्थानहरुमा भारी बर्षाको समेत सम्भावना छ ।
यस्तै, राति देशभर सामान्य देखि पूणर् बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका एक/दुई स्थानहरुमा भारी बर्षाको समेत सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि