१६ जेष्ठ २०८०, मंगलबार / Tue May 30, 2023

चौरीदेउराली गाउँपालिकाले आफ्नै अक्सिजन प्लान्ट निर्माण गर्दै


काभ्रे । काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिकाले आफ्नै अक्सिजन प्लान्ट निर्माण गर्ने भएको छ । गाउँपालिकाले अक्सिजन प्लान्ट निर्माणका लागि १० लाख रकम विनियोजन गरेको छ । गाउँपालिकाद्वारा सञ्चालित धुसेनी शिवालय प्राथमिक अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्नका लागि उक्त रकम विनियोजन गरिएको गाउँपालिका प्रमुख दिनानाथ गौतमले बताउनुभएको छ ।
अक्सिजन प्लान्ट निर्माणका लागि गाउँबासीलाई समेत सहयोगको अपिल गरिएको छ ।
गाउँपालिका प्रमुख दिनानाथ गौतमले जारी गरेको विज्ञप्तिमा यस्तो भनिएको छ ः
‘कोरोना उपचारको लागि प्राण वायु (अक्सिजन) अति नै आवश्यक रहने र महामारीको सङ्क्रमण तीव्र रूपले फैलँदा अक्सिजन प्राप्त गर्न असाध्यै कठिन भएको हाम्रो आफ्नै प्रत्यक्ष अनुभवले हामीले सञ्चालन गरेको अस्पतालको लागि अक्सिजन प्लान्ट नै राख्नु पर्ने अनिवार्य आवश्यकता ठहर गरेको हुँदा गाउँपालिकाले रु १०,००,०००। (अक्षेरुपी दश लाख मात्र) खातामा विनियोजन गरी जनस्तरबाट समेत सहयोग लिने र अक्सिजन प्लान्ट स्थापना गर्ने निणर्य समेत गरिसकेकोले देश विदेश र गाउँमै समेत रहेर विभिन्न पेसा व्यवसाय गरिरहनु हुने सहयोगी मनका दाजुभाइ, दिदीबहिनीहरू, शिक्षक, कर्मचारी, बुद्धिजीवी, निर्माण व्यवसायी, व्यापारी, उद्योगी लगायत विभिन्न सामाजिक सङ्घ संस्थाहरू सबैबाट आ-आफ्नो क्षमता र हैसियत अनुसारको जे जति सकेको सहयोग गर्दिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।’

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि