९ चैत्र २०७९, बिहिबार / Thu Mar 23, 2023

रोशी गाउँपालिकाको बजेट ६४ करोड ४३ लाख


काभ्रे । काभ्रे जिल्लाको रोशी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८।७९ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ ।
गाउँपालिका अध्यक्ष डिबी लामाले नवौं गाउँसभामा नीति तथा कार्यक्रम सर्वजनिक गरेका हुन् ।
कार्यक्रममा गाउँ पालिका उपाध्यक्ष लक्ष्मी उप्रेती बर्तौलाले आगामी आर्थिक वर्षका लागि ६४ करोड ४३ लाख ३१ हजार को बजेट सार्वजनिक गर्नुभएको छ ।
आगामी आ.व.को लागि आन्तरिक आयबाट एक करोड २८ लाख ६० हजार, राजस्व बाँडफाँडबाट १४ करोड ७४ लाख ९७ हजार, संघिय सरकार समानीकरणबाट १० करोड ८७ लाख, सशर्त, विशेष, समपुरक अनुदान ३१ करोड प्राप्त हुने प्रक्षेपण गरिएको उपाध्यक्ष बर्तौलाले जानकारी दिए ।
त्यस्तै प्रदेश सरकार समानीकरण ८९ लाख ६९ हजार र प्रदेश सशर्त, समपुरक विषेशबाट ५ करोड ६३ लाख ५ हजार प्राप्त हुनेछ । गाउँपालिकाले भौतिक पूर्वधार निर्माण, कृषि, स्वास्थ्य, शिक्षा लगायत क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याएको छ ।
नीति तथा कार्यक्रममा पूर्वधार विकास तर्फ आगमी आर्थिक बर्षमा गाउँपालिकाको स्थायी भवन निर्माण गर्ने र रोशी गाउँपालिकामा निर्माणाधिन औद्योगिक ग्राम तथा १० वेडको अस्पतालको निर्माणको लागि आवश्यक बजेट तथा संस्थागत संरचनाको सुनिश्चितता गर्ने लागएतको कार्यक्रम रहेको अध्यक्ष लामाले बताए ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि