१३ असार २०७८, आईतवार १४:२६

‘माधवकुमार नेपाल एमालेमा रहने सम्भावना छ ? ओली पक्षले ‘आशा नमारेको’ प्रतिक्रिया’


काठमाडौं । नेकपा (एमाले) को स्थायी समितिको बैठकमा पार्टीलाई एक राखेर मात्र लोकतन्त्र र संविधानको रक्षा गर्न सकिन्छ भन्ने निष्कर्ष निकालिए पनि ’कतिपय नेताहरूका व्यवहारहरू एकतासँग ठ्याम्मै मिल्ने खालका नरहेको’ वरिष्ठ नेता प्रदीप ज्ञवालीले बताएका छन् ।
आइतवार बिहान बसेको पार्टी स्थायी समितिको बैठकपछि बोल्ने क्रममा पत्रकारहरूले माधवकुमार नेपाल एमालेमा कायम रहने सम्भावना टाढिँदै गएको देखिएको भन्ने जिज्ञासा राखेका थिए । तर जवाफमा नेता ज्ञवालीले नकारेनन्, तर आफूहरूले ‘आशा नमारेको’ बताए ।
उनको भनाइ थियो, “एमालेलाई थप कमजोर गर्ने, विभाजित गर्ने, वर्तमान सरकारलाई जसरी पनि विस्थापित गर्ने र प्रतिपक्षलाई काँधमा राखेर उनीहरूलाई श्रेष्ठ देखाउने गम्भीर विरोधाभासहरू भएका छन् ।”

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि