१५ असार २०७८, मंगलवार १६:२०

पनौतीका दुई विपन्न परिवारलाई दुई कोठे पक्की घर


काभ्रे । आर्थिक अभावका कारण भुकम्पमा क्षति पुगेका निजी आवास भवन निर्माण गर्न नसकेका काभ्रेको पनौती नगरपालिका-९ सुन्थान खरिबोटका विपन्न दलित समुदायका दुई परिवारका लागि निर्माण गरिएको घर हस्तान्तरण गरिएको छ । शान्ति जनआर्दश सेवा केन्द्र र सिआरएस नेपालको साझेदारीमा सञ्चालित काभ्रे पुर्नलाभ तथा पुर्नउत्थान परियोजना अन्र्तगत कम लागतमा निर्माण भएका दुई घर सोमबार सम्बन्धित घरधनीलाई हस्तान्तरण गरिएको हो ।
पनौती नगरपालिकाका नगर प्रमुख भिम न्यौपानेले नवनिर्मित दुई कोठे पक्की घर स्थानीय राजकुमार दमाई र ललितबहादुर दमाईलाई हस्तान्तरण गर्नुभएको हो । शान्ति जनआर्दश सेवा केन्द्र र सिआरएस नेपालको साझेदारीमा सुन्थानमाा रहेका सङ्कटासन्न दुई दलित परिवारको लागि घर निर्माण गरेको हो ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि