१९ असार २०७८, शनिबार ०८:०९

मध्यरातदेखि देशभर लगातार वर्षा‚ प्रदेश २ र बागमति प्रदेशमा अति भीषण वर्षाको सम्भावना


काठमाडौं । मौसम पूर्वानुमान विभागका अनुसार शुक्रबार मध्यरातिदेखि देशभर लगातार वर्षा भइरहेको छन्। यो क्रम दिउँसोसम्म रहने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
महाशाखाका अनुसार देशभर मनसुनी वायुको सक्रिय प्रभाव र तराई भू-भाग नजिक मनसुनी न्युन चापीय रेखा रहेकाले शनिबार देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावनाका रहेको छ । प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भने भीषण वर्षाको सम्भावना रहेको छ । प्रदेश २ र बागमती प्रदेशका एक दुई स्थानमा अति भीषण वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
शनिबार बिहान प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्यदेखि पूणर् बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेकहो छ। प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा र बाँकी प्रदेशका एक/दुई स्थानमा वर्षा भइरहेको छ ।
दिउँसो प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्यदेखि पूणर् बदली तथा कणर्ाली तथा सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा तथा कणर्ाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भीषण वर्षाको सम्भावना छ । प्रदेश २ र बागमती प्रदेशका एक दुई स्थानमा अति भीषण वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।
शनिबार राति प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्यदेखि पूणर् बदली तथा कणर्ाली तथा सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा तथा कणर्ाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना महाशाखाले जनाएको छ । प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका केही स्थान भीषण वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २ र गण्डकी प्रदेशका एक दुई स्थानमा अति भीषण वर्षाको समेत सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न स्थानमा भीषण वर्षाको सम्भावना भएकाले पहाडी भूभागमा पहिरो र नदी तटीय क्षेत्रमा बाढीको उच्च जोखिम हुने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि