‘प्रधानमन्त्रीद्वारा माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको उद्घाटन’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको उद्घाटन गरेका छन् । प्रधानमन्त्री ओलीले भर्चुअल माध्यमबाट आयोजनाको उद्घाटन गरेका हुन् ।
कूल ४५६ मेगावाट क्षमताको आयोजनाको पहिलो युनिटबाट ७६ मेगावाटको पहिलो युनिट बिजुली उत्पादन शुरू भएको छ ।
माथिल्लो तामाकोशीमा ७६-७६ मेगावाटका ६ वटा युनिट छन् । भदौ महिनाभित्रै सबै युनिटबाट पूणर् क्षमतामा बिजुली उत्पादन गर्ने लक्ष्य छ ।
माथिल्लो तामाकोशी स्वदेशी लगानीको सबैभन्दा ठूलो आयोजना हो । शुरुआती लागत ३५ अर्ब रहे पनि अमेरिकी डलरको मूल्यमा आएको उतारचढाब, ब्याजलगायतका कारण लागत भने बढेर झण्डै ८० अर्ब हाराहारी पुगेको छ ।
यस आयोजनाले दिगो रुपमा लोडसेडिङ अन्त्य गर्ने सुनिश्चित गरेको विज्ञहरुले बताएका छन् ।