२६ असार २०७८, शनिबार १८:१८

शनिबार २,१६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, २२ जनाको मृत्यु


नेपालमा थप २,१६९ जनामा कोरोनाभाइरस सङ्क्रमण र २२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिवार जनाएको छ ।
पछिल्लो २४ घण्टामा १०,४१७ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयको तथ्याङ्क छ। तीमध्ये ३,८८७ परीक्षण एन्टिजन विधिबाट गरिएको हो ।
कुल परीक्षणको झण्डै २० प्रतिशतमा संक्रमण देखिएको मन्त्रालयको विवरण छ । सो अवधिमा १,४३२ जना संक्रमणमुक्त भएपछि निको भएका छन् ।
यससँगै नेपालमा संक्रमितको कुल संख्या झन्डै छ लाख ९७ हजार नाघेको छ भने मृतकको संख्या ९,३६२ पुगेको छ ।
अहिलेसम्म भएका मृत्युमा सबैभन्दा धेरै ६० वर्ष माथिका ४९९५ जना र सबैभन्दा कम ९ वर्षमुनिका ४१ जना छन् ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि