१ श्रावण २०७८, शुक्रबार ०८:५७

‘अन्तर्राष्ट्रिय हवाई उडान नियमित गर्दा पनि भाडा महँगो !’


काठमाडौं । नेपालमा अन्तर्राष्ट्रिय उडान चार्टर्डबाट नियमित बनाइए पनि अहिलेको भाडा दर सामान्यभन्दा दुईगुना महँगो भएको पाइएको छ ।
युरोप वा अमेरिका जाने उडानको भाडा अहिलेसम्म दोबर महँगो छ भने नेपालीहरू वैदेशिक रोजगारीमा जाने खाडी मुलुकमा तेबरभन्दा महँगो भएको गुनासोहरु आइरहेका छन् ।
चार्टर्ड उडान बन्द गरेर नियमित उडान सञ्चालनमा आए पनि भाडा साबिकबाट दोबरभन्दा घटेको छैन ।
खाडी मुलुक जाने कामदारको हकमा उडान भाडा झन् बढी छ र त्यस्ता मुलुकमा जाने कामदारहरु मारमा परेका छन् ।
खासगरी कतार, दुबई र साउदी अरबमा कामदारका रूपमा धेरै नेपालीहरू गइरहेका छन् ।
त्यहाँको सरकारले तोकेको होटलमा अनिवार्य क्वारन्टीन बस्नुपर्ने नियम राखिदिएपछि कामदारहरू मारमा परेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि