१ श्रावण २०७८, शुक्रबार ०९:१४

उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउँदै १० दिन थप, सार्वजनिक गाडी सहजै आउजाउ गर्न पाउने


काठमाडौं । साउनको सुरुदेखि काठमाण्डू उपत्यका छिर्नलाई निजी तथा सार्वजनिक सवारीलाई अनुमतिपत्र आवश्यक नपर्ने भएको छ ।
जोरबिजोर प्रणाली लागु गरेर लामो दूरीका सवारी चल्न दिइने विकल्पबारे सोचिए पनि त्यसले मानिसहरूलाई थप चाप र सास्ती दिने भएकाले यस्तो निणर्य गरिएको बताइएको छ ।
अत्यावश्यक काम विशेषले उपत्यका प्रवेश गर्न सार्वजनिक तथा निजी सवारी साधनलाई आवतजावत गर्न दिइने जनाइएको छ ।
कोरोनाभाइरस महामारी नियन्त्रणका लागि काठमाण्डू उपत्यकामा लागु गरिएको यसअघि नै खुकुलो पारिएको निषेधाज्ञा भने साउन १० गतेसम्म बढाइएको छ ।
शैक्षिक संस्थाहरू भने अझै भौतिक रूपमा सञ्चालन हुन पाउने छैनन् ।
खुला स्थानमा मानिसहरू भेला भएर कार्यक्रम एवं समारोहहरू गर्न लगाइएको रोक अझै कायम छ ।
तर सबै खाले पसलहरू साँझ ७ बजेसम्म खुला गर्न दिइएको छ ।
यसअघि औषधि र स्वास्थ्य सामग्रीसम्बन्धी पसलहरू बाहेकका अन्य व्यवसाय साँझ ६ बजेसम्म खोल्न सकिने व्यवस्था गरिएको थियो ।
निषेधाज्ञा अवधीमा गर्न नपाइने गतिविधि निम्नानुसार छन् ः
 सबै प्रकारका सभासम्मेलन र तालिम वा सेमिनारहरू
 सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, क्लबहरू
 स्वीमिङ पुल, मनोरञ्जलन स्थल, सैलुन, ब्युटिपार्लरहरू
 हेल्थक्लब, फुटसल, जिमखाना, पुस्तकालाय, संग्रहालय, चिडयाँखाना, रङ्गशालामा दर्शकसहित हुने खेलकुद
 खुला स्थानमा मानिसहरू भेला हुने सभासम्मेलन, जुलुस र भोजभतेरहरू
 होटल र पार्टी प्यालेसमा हुने विवाह, व्रतबन्ध र सामूहिक सांस्कृतिक कार्यक्रमहरू
 पुजारीबाट हुने नित्य पूजाबाहेक अन्य धार्मिक गतिविधिहरू

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि