२ श्रावण २०७८, शनिबार १०:४२

‘विप्लवको बालुवाटार, कोटेश्वर र खुमलटारको भेटले बालकोटमा ओली सशंकित’


काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले ओली सत्ताच्युत भएपछि राजनीतिक गतिविधि बढाएको छ ।
विप्लवको भेटवार्ताले बालकोट भने सशंकित बनेको छ । विप्लवले पूर्ववत् ओली सरकारले आफूहरूसँग गरेको तीन बुँदे सहमति कार्यान्वयनका विषयमा नेताहरुसँग चासो राख्दै आएका छन् । ओली सरकारसँग तीनबुँदे सहमति गरी शान्तिपूणर् राजनीतिमा आएका विप्लवले भेटघाटमा तीव्रता दिएपछि पूर्वमाओवादी समूहरूको एकता बहस पनि सुरु भएको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमाले वरिष्ठ नेता माधव कुमार नेपाल र नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवबीच बिहीबार भेटवार्ता भएको थियो । विप्लव भेटवार्ताका लागि नेपाल निवास कोटेश्वर पुगेका थिए । त्यस्तै नेत्रविक्रम चन्द्र विप्लवले जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईसँग भेटवार्ता गरेका छन् ।
धर्मेन्द्र बास्तोलालाई लिएर शुक्रबार विहान भट्टराईको निवास पुगेर विप्लवले भेटवार्ता गरेका हुन् ।
विप्लवले बुधबार माओवादी अध्यक्ष पुष्पकमल दाहालको ललितपुर, खुमलटारस्थित निवासमै पुगेर भेटवार्ता गरेका थिए ।
विप्लव समुहले नेता नेपाल र प्रचण्डसँग पछिल्लो राजनीतिक घटनाक्रमका साथै समसामयिक विषयवस्तुमा केन्द्रीत रहेर छलफल गरेको बताइएको छ ।
तत्कालीन प्रधानमन्त्री केपी ओलीसँग ३ बुँदे सहमति गरेपछि शान्ति प्रक्रियामा आएपनि विप्लवको माग पूरा भएको छैन । नेता कार्यकर्ताको रिहाइलगायतका माग पूरा नभएको सन्दर्भमा विप्लवले सक्रियता बढाएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि