‘नेपालमा कोभिड-१९ संक्रमण दर बढ्यो, सोमबार ३२ जनाको मृत्यु’

काठमाडौं । नेपालमा थप २,४४५ जनामा कोरोनाभाइरस सङ्क्रमण र ३२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
सोमवार अपराह्ण प्रकाशित तथ्याङ्कअनुसार ११,६६४ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।
तीमध्ये ३,८३१ जनाको परीक्षण एन्टिजन विधिबाट र अरूको पीसीआर विधिबाट गरिएको हो ।
कुल परीक्षणको झन्डै २१ प्रतिशतमा सङ्क्रमण देखिएको मन्त्रायलको तथ्याङ्कले देखाउँछ ।
स्वास्थ्य अधिकारीहरूले यसलाई उच्च दर भन्दै जोखिम कम नभएको बताउँदै आएका छन् ।
यससँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या सात लाख १८ हजार नाघेको छ भने मृतकको सङ्ख्या ९,५८२ पुगेको छ ।
मन्त्रालयका अनुसार विगत २४ घण्टाको अवधिमा १,२५८ जना सङ्क्रमणमुक्त भएका छन् ।
नेपालमा कोभिडका कारण १.५ प्रतिशत सङ्क्रमितको मृत्यु भएको छ ।
मन्त्रालयको तथ्याङ्कअनुसार अहिले कुल २६,८०० जनाभन्दा केही बढीमा सक्रिय सङ्क्रमण छ ।
तीमध्ये २३,३३४ जना घरमा तथा २,५०३ जना संस्थागत आइसोलेशनमा छन् ।