२० श्रावण २०७८, बुधबार १७:०३

राष्ट्रिय सभाबाट पारित भए दुई विधेयक


काठमाडौं । राष्ट्रियसभाबाट दुईवटा विधेयक पारित भएको छ । बुधबार बसेको राष्ट्रियसभाको बैठकले तथ्याङ्क विधेयक सर्वसम्मतले र योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक बहुमतले पारित गरेको हो ।
योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक पारित गर्न हुन्न भनी स्वतन्त्र सांसद खिमलाल देवकोटाले मत राखेका छन् ।
विधेयक पारित अघि देवकोटाले आफ्नो धारणा राख्दै नेपालमा विश्वविद्यालय धेरै भएको, प्रदेश सरकारले पनि विश्वविद्यालय स्थापना गर्न सक्ने भनिएको र प्रदेश सरकारले विश्वविद्यालयको सञ्चालनको तयारी समेत गरिरहेको अवस्थामा संघले थप विश्वविद्यालय खोल्नु उचित नहुने बताए ।
योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक ६ माघ २०७६ मा राष्ट्रियसभा सचिवालयमा दर्ता भएको थियो । तथ्याङ्क विधेयक २८ फागुन २०७६ मा राष्ट्रियसभा सचिवालयमा दर्ता भएको थियो ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि