२० श्रावण २०७८, बुधबार १७:३३

बुधबार दुई महिना यताकै उच्च संक्रमण, ३५ जनाको मृत्यु


काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४,१०७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ३५४ नमुनाको पीसीआर परीक्षण गर्दा २,९७५ जना र ४,९४४ जनाको एन्टीजेन परीक्षण गर्दा ११३२ जना गरी ४,१०७ जनामा संक्रमण पुष्टि भएको हो ।
बुधबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ५ हजार ७२ पुगेको छ । तीमध्ये ९ हजार ९५७ जनाको मृत्यु भएको छ भने ६ लाख ६१ हजार ६५१ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३३ हजार ४६४ जना रहेका छन् । जसमध्ये ३० हजार २७० जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार १९४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ७१४ जना आईसीयू र १५६ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि