२१ श्रावण २०७८, बिहीबार १८:४९

एमालेको अपहरणमा परेकी सांसद विमला वलीले भनिन् ‘बन्धक बनाएर अनैतिक दबाब दिइयो’


लुम्बिनी । सत्ता परिवर्तनको निणर्ायक घडीमा गुट बदलेर चर्चामा आइरहेकी लुम्बिनी प्रदेश सभाकी सांसद विमला वली माओवादीमै फर्किएकी छिन् ।
तीन दिन बन्धक भएपछि आज माओवादी केन्द्रको लुम्बिनी प्रदेशसभा संसदीय दल कार्यालयमा सार्वजनिक भएकी विमला वलीले एमाले नेताहरुले आफूलाई बन्धक बनाएर अनैतिक दबाब दिएको बताएकी छिन् ।
वलीले एमाले संसदीय दलका प्रमुख सचेतक भुमिश्वर ढकाल र नेता मानबहादुर रावलले ‘अपहरण’ गरेको पनि दाबी गरेकी छन् । वलीले सार्वजनिक गरेको विज्ञप्तिमा मुख्यमन्त्री शंकर पोखरेलको निर्देशनमा उनीहरुले घरमै आएर एमालेमा फर्किन दबाब दिएको र गाडीमा हालेर बुटवल पुर्याइएको दाबी गरेकी छिन् । मन्त्रीको प्रलोभन देखाएर एमाले नेताहरुले मुख्यमन्त्री कार्यालयमा तीन दिनसम्म बन्धक बनाएर राखेको उनको आरोप छ ।
वलीले साउन १५ गते मुख्यमन्त्री पोखरेलको निर्देशनमा आफूलाई झुक्याएर बुटवल पुर्याइएको र मुख्यमन्त्री कार्यालयमा बन्धक बनाएर एमालेमा प्रवेश गर्न दबाब दिइएको दाबी गरेकी छन् । साउन १६, १७ र १८ गतेसम्म मुख्यमन्त्री निवासमा लगातार दबाब दिइएको उनले बताइन् ।

यसरी फुत्किइन बन्धक बनाएको ठाउँबाट संसद विमला वली

सबै आराम गरिरहेको मौका पारेर हिजो मुख्यमन्त्री निवासबाट उम्किन सकेको वलीले भनेकी छन् । ‘मुख्यमन्त्री निवासबाट निस्कने क्रममा पहिले तल आएँ, कसैलाई देखिँन,ममा कसरी बाहिर निस्कने भन्ने मात्र ध्यान थियो । स्याण्डिल लगाएर हिँड्दा आवाज आउने भएपछि त्यो स्याण्डिल त्यहीँ छाडेँ । त्यहाँबाट सोझै आएँ, बाटोमा एउटा अटो भेटेँ,त्यहि चढेर आएँ’, माओवादी संसदीय दलको कार्यालयमा उनले पत्रकारहरुको प्रश्नको जवाफ दिँदै भनिन् ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि