१६ भाद्र २०७८, बुधबार १८:१३

आदर्श बहुउद्देश्यीय सहकारीको बनेपाबाट कारोबार शुभारम्भ


काभ्रे । बनेपामा स्थापित आदर्श बहुउद्देश्यीय सहकारी संस्थाले बुधबारदेखि आफ्नो कारोबार शुभारम्भ गरेको छ ।
सहकारीको बुधबार सहकारी विज्ञ एवं नेपाल सरकारका पूर्व उपसचिव हरि बशिष्ठ र युवा व्यवसायी विज्ञान राईले संयुक्तरुपमा उद्घाटन गरेका हुन् ।
१० करोड रुपैयाँ शेयर पुँजीसहित स्थापना भएको उक्त सहकारीको कार्यक्षेत्र काभ्रेसहित काठमाडौं र भक्तपुर जिल्ला रहेको छ । दशक सहयोग तथा शेयर संकलन कार्यक्रममार्फत आर्थिक बर्ष २०८३/८४ सम्ममा उक्त शेयर पुँजीलाइ चुक्ता पुँजीमा रुपान्तरण गरिने सहकारीले बताएको छ । वित्तीय क्षेत्रमा लामो अनुभव हासिल गरेका व्यक्तिहरुद्वारा स्थापित आदर्श बहुउद्देश्यीय सहकारीले आकर्षक व्याजदरसहितको बचत योजना तथा सुलभ व्याजदरमा कर्जा प्रवाह गर्ने योजनासमेत सार्वजनिक गरेको छ ।
‘जीवनको आधार नै तपाईंको बचत हो, तपाईंको बचत नै आदर्शको उपचार हो’ भन्ने नारासहित स्थापित सहकारीले रेमिटेन्स सेवासमेत उपलव्ध गराएको छ ।
प्रवन्ध निर्देशक शिव केसीको सभापतित्वमा सम्पन्न भएको सहकारीको उद्घाटन कार्यक्रममा सहकारी विज्ञ हरि बशिष्ठले दशकौअघि सुरु भएको नेपालको सहकारी आन्दोलनमा जोडिएकामध्ये ६० प्रतिशत महिला रहेको बताउँदै मुलुकको आर्थिक उन्नतिमा सहकारी क्षेत्रको महत्वपूणर् योगदान रहेको बताए । उनले आदर्श बहुउद्देश्यीय सहकारीले रकम संकलन भन्दा पनि लगानीको क्षेत्रमा विशेष जोड दिनुपर्ने बताउँदै गरिबी उत्थानमा योगदान दियोस् भन्ने कामनासमेत गरे । सहकारी क्षेत्रले मुलुकमा रोजगारी प्रवद्र्धनमा उल्लेखनीय योगदान दिएको उनको भनाई थियो । सहकारी संस्था भाग्छन् भन्ने अनावश्यक हल्ला फैलिरहे पनि त्यो सत्य नभएको बताउँदै उनले भने, ‘भएका सहकारीमा ०.०१ प्रतिशतले गलत काम गरे होला, तर अन्य सहकारीले जनताको जीवनस्तर उकास्न, व्यापार व्यवसाय स्थापना र विस्तार गर्न महत्वपूणर् भूमिका खेलेका छन् ।
उक्त उद्घाटन कार्यक्रम सहकारीकर्मी मोहन गजुरेलले सञ्चालन गरेका थिए । सहकारीको प्रधान कार्यालय बनेपा-८ तीनदोबाटोस्थित बद्री कम्प्लेक्समा रहेको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि