१९ आश्विन २०७८, मंगलवार ११:२९

युवा साकोसको २३ औ वार्षिक साधारण सभा तथा २५ औं स्थापना दिवस सम्पन्न


बनेपा । बनेपामा केन्द्रीय कार्यालय रहेको युवा बचत तथा ऋण सहकारी संस्था लि. ले २३ औ वार्षिक साधारण सभा तथा २५ औ वार्षिक उत्सव सम्पन्न गरेको छ ।
संस्थाका अध्यक्ष उदयराम कायस्थको सभापतित्वमा भएको कार्यक्रममा बनेपा नगरपालिकाका वरिष्ठ राजश्व अधिकृत ध्रुवराज नेपाल प्रमुख अतिथि हुनुहुन्थ्यो ।
कार्यक्रममा संस्थाको २५ औं स्थापना दिवसको अवसरमा निर्मित संस्था सम्बन्धी वृत्तचित्र पनि प्रस्तुत गरिएको थियो । सोही अवसरमा संस्थाले आफ्ना सदस्यहरूमध्येबाट उत्कृष्ट कारोबारकर्ता, उत्कृष्ट मासिक बचतकर्ता, उत्कृष्ट बाल बचतकर्ता, उत्कृष्ट ऋणी लगायतलाई सम्मान पनि गरेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि ध्रुवराज नेपालले युवा साकोसले सहकारी ऐन, नियमको पूणर् पालना गरी आफ्ना सदस्यहरूको सेवा गरिरहेको कुरा संस्थाको वार्षिक प्रतिवेदनबाट प्रष्ट हुने बताउनुभएको थियो ।
संस्थाका अध्यक्ष उदयराम कायस्थले २५ औ बसन्तसम्म संस्थालाई ल्याउन योगदान दिनुहुने सम्पूणर्मा आभार व्यक्त गर्नुभएको थियो ,
युवा साकोस र स्याउरिदेवी बहुउद्देश्यीयबीच एकिकरणका संयुक्त साधारण सभा
युवा बचत तथा ऋण सहकारी संस्था लि. र स्याउरिदेवी बहुउद्देश्यीय सहकारी संस्था लि. बीच एकीकरणका लागि संयुक्त साधारण सभा पनि सम्पन्न भएको छ । काभ्रे जिल्लाको तेमाल गाउपालिका तथा रोशी गाउपालिका कार्यक्षेत्र रहेको स्याउरिदेवी बहुउद्देश्यीय सहकारी संस्था र काभ्रे जिल्लाभरि कार्यक्षेत्र रहेको युवा साकोस बीच एकीकरण हुँदै छ । संयुक्त साधारण सभामा बोल्दै युवा साकोसका सचिव सरोज कुमार तिमल्सेनाले दुवै संस्थाका सदस्यहरूलाई अझ धेरै सुविधा दिलाउनका लागि एकीकरण गर्न लागिएको बताउनुभएको थियो । त्यसैगरी स्याउरिदेवी बहुउद्देश्यीय सहकारी संस्था लि. का अध्यक्ष यज्ञप्रसाद पन्तले एकीकरणले दुवै संस्थालाई अझ मजबुत बनाउनेमा आफु विस्वस्त रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि