५ बैशाख २०७९, सोमबार १४:३७

एमसीसीले देउवालाई सकस, देउवा र ओलीका आपसी स्वार्थ केके हुन् ? (हेर्नुहोस् विस्तृतमा)


काठमाडौं । अमेरिकी सहयोगको एमसीसी सम्झौताको संसद्बाट अनुमोदन गर्न गठबन्धन भित्रै सकस परेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दलको भर खोजे पनि केपी शर्मा ओलीले पहिले देउवाको गठबन्धनसँगको सम्बन्धसहित थाती रहेका मुद्दामा स्पष्ट दृष्टिकोण खोजेका छन् ।
ओलीले देउवालाई तपाईँहरूको धेरै मिहिनेत परेर बनेको गठबन्धन भएकाले पहिले गठबन्धनकै सम्बन्ध स्पष्ट पार्न भनेका समाचारहरु आएका छन् ।
तर नेपाली कांग्रेसकी सचेतकले भने एमसीसी सरकारको नभई संसद्को विषय भएकोले प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी नेतासँगको स्वाभाविक भेटघाटमा त्यसलाई पास गर्न आग्रह गरेको बताउँछिन् ।
ओलीसँगको देउवाको भेटलाई सत्ता समीकरणसँग जोडेर हेर्ने बेला भइनसकेको प्रतिनिधिसभामा कांग्रेसकी संसदीय दलकी सचेतक पुष्पा भुसाल बताउँछिन् ।
नेपाल सरकार र अमेरिकी सरकारको एमसीसीबीच सन् २०१७ मा हस्ताक्षर भएको थियो । अमेरिकाले यस विषय टुङ्गो लगाउन पछिल्लो पटक फागुन १६ को समय सीमा दिएको छ ।
समय निकै कम रहेको भन्दै प्रधानमन्त्रीले एमालेको संसद् अवरोध खुलाउँदै यस विषयलाई सक्दो छिटो प्रतिनिधिसभामा छलफल गराउन चाहेका छन् ।
ओली प्रधानमन्त्री भएकै बेला यसअघि संसद् सचिवालयमा एमसीसी सम्झौता दर्ता भएकाले एमालेलाई पछाडि हट्ने सहजता नभएको कतिपय विश्लेषकको भनाई छ ।
प्रतिनिधिसभाको २७५ सीटमध्ये हाल कायम रहेको २७१ सांसदमध्ये सबैभन्दा धेरै एमालेसँग ९७ जना छन् । कांग्रेससँग ६१ सांसद (दुई जना निलम्बितबाहेक) छन् । यी दुई दल मात्र मिलेको खण्डमा र सबै सांसद उपस्थित भएको खण्डमा समेत एमसीसी पारित सम्भव छ ।
तर यस प्रस्ताव पारित हुन एकचौथाईको गणपूरक संख्या पुगेको खण्डमा उपस्थित सांसदको बहुमत भए पुग्छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि