शैलुङ्गेश्वरी साकोसको आयोजनामा सहकारी प्रशिक्षण कार्यक्रम सम्पन्न
काभ्रे । काभ्रेको चौरीदेउराली गाउँपालिकामा रहेको शैलुङ्गेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. ले सहकारी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा नयाँ कार्यालय उद्घाटन, सहकारी प्रशिक्षण तथा शेयर सदस्यहरुलाई सम्मानसहित शेयर प्रमाणपत्र वितरण गरिएको संस्थाका व्यवस्थापक दीपेन्द्र चौलागाईंले बताउनुभयो ।
कार्यक्रमको प्रमुख अतिथि जिल्ला सहकारी संघका अध्यक्ष दिलिप शर्मा हुनुहुन्थ्यो । कार्यक्रममा सभापतित्व संस्थाका शिक्षा उपसमिति संयोजक गणेश प्रसाद ढुंगानाले गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि शर्माले सहकारीसम्बन्धी प्रशिक्षण गर्नुभएको थियो । कार्यक्रममा शेयर सदस्यहरुको सक्रिय सहभागिता रहेको थियो ।