‘मण्डनदेउपुरमा भएका चरम भ्रष्टाचार अन्त्य गरी समृद्ध नगर निर्माण गर्नेछु’
काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिकाको मेयर पदका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराउनु भएका शम्भुप्रसाद फुयाँललाई हामीले मेयर पदमा तपाईको उम्मेदवारी किन ? भनेर सोधेका थियौ । उहाँको छोटो जवाफ यस्तो छ :
मण्डनदेउपुर नगरमा भएको चरम भ्रष्टाचारको अन्त्य गरी सुशासन, समृद्धि सहितको नमुना नगर निर्माण गर्न मैले उम्मेदवारी दिएको हुँ । यस नगरमा भ्रष्टाचार र कुशासनको अन्त्य गर्दै सभ्य र भव्य नगर निर्माण गर्ने योजना छ । कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा र रोजगारको क्षेत्रमा विशेष जोड दिई नगरबासीहरुलाई स्वरोजगार बनाउने योजना छ ।
वातावरणको रक्षा गरी कृषि पर्यटन र सामुदायिक वन पर्यटनको विकास गर्ने योजना छ । गरिबीको रेखामुनि रहेका नगरबासीलाई रोजगार दिलाउने तथा स्वरोजगार बनाई समृद्धितर्फ लम्काउनेछु । अपांग र अशक्तको अभिभावक नगर हो भनि आभाष दिलाउने काम गर्छु । नगरबाट सुशासन र जनमैत्री सेवा प्रदान गर्ने वातावरण निर्माण गर्नका लागि मेयर पदमा मेरो उम्मेदवारी हो ।
युवा तथा विद्यार्थीहरुलाई समाज र राष्ट्रको अभिन्न अंग बनाउने लक्ष्य पूरा गर्नेछु । आधुनिक विज्ञान प्रविधिको सहि उपयोग गरी प्रविधिमैत्री नगर निर्माण गर्नेछु ।