६ जेष्ठ २०७९, शुक्रबार ११:१७

बेथानचोक गाउँपालिका अध्यक्षमा भगवान अधिकारी र उपाध्यक्षमा तारा राना विजयी


काभ्रे । काभ्रेको बेथानचोक गाउँपालिकामा गठबन्धनको जित भएको छ । गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार भगवान अधिकारी र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार तारा राणा तिमल्सिना निर्वाचित भएका छन् ।
नेपाली कांग्रेसका उम्मेदवार अधिकारीले उनका प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवारलाई २८ सय ५९ मतले हराएका हुन् ।
गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार भगवान अधिकारीले ६ हजार १९ मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवार कमल प्रसाद तिमल्सिनाले ३१ सय ६० मत ल्याएका छन् ।
त्यस्तै गाउँपालिकाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मदेवार तारा राणा तिमल्सिनाले नेकपा एमालेका उम्मेदवार सरला लामिछाने केसीलाई ९ सय २५ मतले पराजित गरेकी हुन् ।
माओवादी केन्द्रकी उम्मेदवार तिमल्सिनाले ४४ सय ९८ मत पाएकी छिन् भने नेकपा एमालेकी उम्मेदवार केसीले ३५ सय ७३ मत पाएकी छिन् ।
२०७४ को चुनावमा कांग्रेसले ३२ सिटमा ३१ सिटमा विजयी हासिल गरेको पालिकमा गठबन्धनका कारण उपाध्यक्ष माओवादी केन्द्रको भागमा परेको थियो ।
६ वडा रहेको बेथानमा १,२,३,४,६ नेपाली कांग्रेसले वडा अध्यक्ष जितेको छ भने ५ नम्बर वडामा स्वतन्त्रले वडा अध्यक्ष जितेको छ ।

 

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि