८ जेष्ठ २०७९, आईतवार १३:०४

कोभिड खोप सहयोग दिने अमेरिकी प्रस्तावमा उत्तर कोरियाले दिएन जवाफ


काठमाडौं । कोरोनाभाइरस सङ्क्रमणसँग जुझिरहेको उत्तर कोरियाले अमेरिकाको खोप सहयोगको प्रस्तावको जवाफ नदिएको अमेरिकी राष्ट्रपति जो बाइडनले बताएका छन् ।
उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमका अनुसार झन्डै २५ लाख मानिस ुुज्वरोुुबाट ग्रस्त छन् र त्यहाँ देशैभर लकडाउन गरिएको छ ।
परीक्षण र खोपको आपूर्ति सीमित रहेकाले उक्त देश ठूलो जोखिममा रहेको ठानिएको छ ।
दक्षिण कोरियामा गरिएको पत्रकार सम्मेलनका क्रममा बाइडनले खोप उपलब्ध गराउने प्रस्ताव गरेका थिए ।
उत्तर कोरियाले यसअघि खोप उपलब्ध गराउने कोभ्याक्सको प्रस्ताव पनि अस्वीकार गरेको थियो ।
एप्रिल २०२० मा घोषणा भएको कोभ्याक्स विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओ र खोपबारे पैरवी गर्ने दुई अन्य समूहले नेतृत्व गरिरहेको विश्वव्यापी अभियान हो ।
उत्तर कोरियाले दक्षिण कोरिया र अन्य राष्ट्रले गरेको खोप सहयोग प्रस्ताव पनि अस्वीकार गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि